९४ वटा सिमबाट वर्ल्डकपमा अनलाइन बेटिङ् चलाउने ठाकुर २ करोड रुपैयाँसहित समातिए
काठमाडाैं | मंसिर २८, २०७९
पोखराः हालै अष्ट्रेलियामा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा अनलाइने बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै सफलता हात पार्ने क्रममा रहेको छ ।
सोहीक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फुटबलमा सट्टेबाजी र अनलाइन जुवा खेलाएको आरोपमा महोत्तरी गाउँपालिका–१ घर भई ललितपुरको सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुरको साथबाट २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँसमेत बरामद भएको छ ।
यससँगै ठाकुरसँग रहेको नेपाल टेलिकम र एनसेलका ९४ थान सिमकार्डसमेत प्रहरीले जफत गरेको छ ।
ठाकुर रसियन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजीमा संलग्न नेपाली एजेन्ट हुन् । अनलाइन माध्यममार्फत ठाकुरले विश्वकपका विभिन्न खेलमा बाजी थाप्नेहरुको रकम संकलन र भुक्तानी गर्दै आएका थिए ।
ठाकुरले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे।
उनले नबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
साथै, ठाकुरले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। कार्यालयले ठाकुरलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।
ठाकुर पक्राउ पर्नु एक दिनअघि अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।
हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ ।
यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मान्ने गरिन्छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

